दाेश्राे टी-ट्वेन्टीमा नेपाललाई केन्याकाे १३३ रनको चुनाैती
थानकोट ।
घरेलु टोली केन्याले दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपाललाई जितका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन बनायो । केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए ।
इरफान करिमले २२ रन जोड्दा सचिन भुडियाले १४ रन जोडे । नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए ।
करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए । आज नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । पाँच खेलको सिरिजमा नेपाल १-० ले अघि रहेको छ ।















