थप १ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८४ जनाको परीक्षणमा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९५५ जनाको पीसीआर परीक्षण गर्दा ८९ जना र २ हजार १२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको छ ।

यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १९१ पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *