पेट्रोलियम ढुवानी व्यवसायी र नेपाल आयल निगमबीच तीन बुँदे सहमति, आन्दोलन फिर्ता
थानकोट ।
पेट्रोलियम ढुवानी व्यवसायीले घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । बुधबार नेपाल आयल निगम र व्यवसायीबीच तीन बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भएको थियो । उक्त सहमतिअनुसार व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिनेछन् भने आजैदेखि ढुवानी सेवा सुरु गर्ने भएका छन् ।
सहमतिपत्रमा निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् ।

तस्बिर सामाजिक सञ्जालबाट












