झण्डै ७ लाख फलोअर्स रहेको गोरखापत्रको फेसबुक पेज ‘ह्याक’

Thankot Times

थानकोट ।

गत सोमबारदेखि नेपाल सरकारको स्वामित्व रहेको गोरखापत्रको फेसबुक पेज ह्याक भएको छ । गोरखापत्रका निमित्त प्रधान सम्पादक शिव कुमार भट्टराईले गोरखापत्रको फेसबुक पेज ह्याक भएको बताएका छन् ।

उनले भने, ‘सोमबारदेखि गोरखापत्रको फेसबुक पेज एक्कासी ह्‍याक भयो। अहिले हामीले तीन दिनदेखि समाचार पोस्ट हुन पाएको छैन्।’ यस विषयमा नेपाल प्रहरीको साइबर ब्‍यूरोमा उजुरी दिइसकेको र अनुसन्धान भइरहेको बताए । सो पेज ६ लाख ९५ हजार भन्दा धेरै फेसबुक प्रयोगकर्ताले फलो गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *