थप १२६ जनामा कोरोना संक्रमण

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९० जनाको परीक्षणमा १२६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण देखिएको हो ।

यो सँगै मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना पुगेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *