देशभर थपिए ११० जना कोरोना संक्रमित

Thankot Times

थानकोट ।

नेपालमा थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३८२७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

१ हजार ७ सय ५२ जनाको पिसिआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको हो। अहिले मुलुकभर २ हजार ६२ जना कोरोनाका सक्रिय संक्रमित छन्।

१ सय २६ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *