एमालेले आज समानुपातिकतर्फको उम्मेदवार टुंगो लगाउने

Thankot Times

थानकोट । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवार तय गर्न नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ।

बैठक बिहान ११ बजे बस्ने प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

यसअघि शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठक निष्कर्षमा पुग्न सकेन।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै  गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शंकर पोखरेलले बैठकलाई जानकारी गराएको जानकारी दिए।

बैठकमा संघीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन र समावेशितालाई ध्यानमा राखेर ‘क्लस्टर’ लाई ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको छ।

बैठकले अछाममा ​बाढीपहिरोले पुर्‍याएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *