माओवादी केन्द्रले सोमबार समानुपातिकतर्फको बन्द सूची बुझाउने

Thankot Times

थानकोट ।

आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले सोमबार समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउने भएको छ।

आइतबार बसेको पदाधिकारी बैठकले सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने निर्णय गरेको छ।

बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन भने सकेको छैन्न ।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्ने बताएका छन्।

संघीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गर्न बाँकी रहेकाले थप समय लागेको माओवादी केन्द्रले जनाएको छ।

निर्वाचन आयोगले असोज २ र ३ गते  समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *