महिला साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफमा बंगलादेश विरूद्ध नेपाल २-० ले पछाडी
थानकोट ।
काठमाण्डाै जारी छैटाैं महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गतको फाइनलमा पहिलो हाफको खेल सकिएको छ ।
पहिलो हाफमा बंगलादेशले २ गोलको अग्रता बनाएको छ।
प्रतियोगितामा कुनैपनि गोल नखाएको नेपालले फाइनल खेलको १३ औं मिनेटमा पहिलो र ४२ औं मिनेटमा दोश्रो गोल व्यहोर्यो । बंगलादेशका लागि सामसुन्नाहर र कृष्णरानी सरकारले गोल गरेका छन् ।













