कोरोना भाइरस संक्रमणदर घट्दै

Thankot Times

थानकोट ।

नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणदर घट्दै गएको छ । विगत दुई महिना देखि उकालो लागेको संक्रमणदर पछिल्लो केही दिन देखि घट्दो क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसबखत दैनिक संक्रमणदर १ सय ५० भन्दा माथि उक्लिएको थियो भने पछिल्लो साता औसतमा दैनिक १ सय २९ जनामा कोरोना संक्रमण पुष्टी भएको पाइएको छ ।

पछिल्लो पटक ९१ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार ९ सय २४ जनाको नमुना परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मुलुकभर १ हजार ७ सय ४० जना सक्रिय संक्रमित छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *