प्रथम मातातीर्थ गाेल्डकप: आज तीन खेल हुने

Thankot Times

थानकोट ।
चन्द्रागिरि नगरपालिका -६ मातातीर्थमा जारी प्रथम मातातीर्थ गाेल्डकपमा मंगलबार तीन खेल हुनेछन् ।

२४ टोलीको सहभागिता रहेको प्रतियोगितामा दिनको पहिलो खेल बिहान १० बजे कुर्डन युवा क्लब र नव कंकाली युवा क्लबबीच हुनेछ ।
किसिपिडी युवा क्लब र ओसिस युवा क्बल बीच दिउँसो १ बजे खेल हुनेछ भने चुनदेवी युवा क्लब र तीनथाना युवा क्लब बीच दिनको ३ बजे खेल हुनेछ ।
साेमबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा ग्रीन हिल्स युवा क्लब ल्याक्टाे युवा क्लबलाई २-१ गाेलले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरेकाे छ ।

हरेक खेल ७० मिनेट खेलाइने ।

प्रथम मातातीर्थ गोल्डकपको तयारी पूरा, २४ टोलीबीच प्रतिस्पर्धा हुने


Leave a Reply

Your email address will not be published. Required fields are marked *