आम निर्वाचन-२०७९ः काठमाण्डाै क्षेत्र नं. १० को निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुरमा रहने

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकाम र सम्बन्धित निर्वाचन क्षेत्रभित्रका स्थानीय तहमा स्थापना गर्नेगरी निर्णय गरेको हो ।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यविधमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्लाको सदरमुकाम र निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा तोकिने उल्लेख भएअनुसार निर्णय भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यसै बीच काठमाण्डाै निर्वाचन क्षेत्र नंं १० को कार्यालय कीर्तिपुर नगरपालिकामा स्थापना हुने भएको छ । मंगलबार निर्वाचन आयोगले प्रकाशित गरेको विज्ञप्ति अनुसार यस क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकामा स्थापना हुनेछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *