सत्तारुढ गठबन्धन सिट बाँडफाँटमा ‘सहमति’ नजिक
थानकोट ।
सत्तारुढ गठबन्धनले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि निर्वाचनको सिट बाँडफाँटको विषयमा निष्कर्ष नजिक पुगिएको बताएको छ ।
मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँटको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बिहान ८ बजेपनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।
उनले प्रतिनिधिसभाका १६५ सिट मध्ये करिव ८० प्रतिशत टुंगो लागेको प्रतिक्रिया दिए । चाँडै सहमति गरेर आफूहरुले सञ्चार माध्याममार्फत देशलाई जानकारी गराउने उनको भनाइ छ । उनले भने, ‘अब हामी निष्कर्षको नजिकमा पुगेका छौं । र, त्यो निष्कर्षका निमित्त छलफल भइराखेको छ ।













