काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५ सय बढी सवारी चालकमाथि ट्राफिक प्रहरीको कारबाही

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मंगलबार ३ हजार ५३२ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा मंगलबार उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७९ जना, लेन अनुशासन पालना नगर्ने ६९, रेड लाइटमा सवारी साधन चलाउने ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७९ जना र नम्बर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन् ।

यस्तै ३ हजार १५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *