प्रथम मातातीर्थ गोल्डकपः विष्णुदेवी युथ क्लबविरूद्ध लोरेन युवा क्लब २-० ले विजयी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थमा जारी प्रथम मातातीर्थ गोल्डकपमा लोरेन युवा क्लबले विजयी सुरूवात गरेको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार बिहान सम्पन्न पहिलो खेलमा विष्णुदेवी युथ क्लबलाई २-० ले पराजित गर्दै लोरेन युवा क्लबले अन्तिम १२ मा सिट सुरक्षित गरेको हो ।
लोरेनको जितमा सुरज थापामगरले खेलको ४३ र ५४औं मिनेटमा गोल गरे । उनी फोटो म्युजियम नेपाल प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत अपरान्ह ४ बजे रोयल ठकुरी युवा क्लबले मातृभुमि युवा क्लबको चुनाैती सामना गर्ने खेल तालिका रहेको छ ।
त्यस्तै, दिउँसो १ बजे सोल्टी नेपाल फुटबल क्लब र भकुण्डेचाैर युवा क्लबबीच खेल हुनेछ ।















