प्रथम मातातीर्थ गोल्डकपः रोयल ठकुरी युथ क्लबमाथि मातृभूमीको १-० को साँघुरो जित

Thankot Times

थानकोट ।

प्रथम मातातीर्थ गोल्डकपको तेश्रो दिन बुधबार सम्पन्न तेश्रो खेलमा मातृभूमि युथ क्लब विजयी भएको छ ।

चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थस्थित फुटबल मैदानमा सम्पन्न खेलमा रोयल ठकुरी युथ क्लब विरूद्ध मातृभूमीले १-० को साँघुरो जित हासिल गरेको हो ।

मातृभूमका लागि खेलको चाैधाैं मिनेटमा संजोक महर्जनले गोल गरेका थिए ।

मातृभूमिका विकास लामा र रोयलका दिल कुमार तामाङले रातो कार्ड पाउँदा दुवै टोली १० -१० जनामा झरेका थिए ।

प्रतियोगिता अन्तर्गत बुधबार नै सम्पन्न खेलहरूमा सोल्टी नेपाल फुटबल क्लब र लोरेन युवा क्लब विजयी हुँदै अन्तिम १२ मा सिट सुरक्षित गर्न सफल भए ।

प्रथम मातातीर्थ गोल्डकपको चाैथो दिन बिहीबारपनि तीन खेल सञ्चालन हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *