कपनमा भीषण आगलागी, एक जनाको मृत्यु

Thankot Times

थानकोट । बुढानिलकण्ठ नगरपालिका कपनस्थित एक ट्रेकिङ कम्पनीको कार्यालय रहेको घरमा भीषणा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ । घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *