मातातीर्थ गोल्डकपका हरेक ‘प्लेयर अफ दि म्याच’लाई मातातीर्थको ६३ वर्ष पुरानो फोटो उपहार !

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका ०६ स्थित मातातीर्थ संरक्षण तथा विकास संस्थाले आयोजना गरेको प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत सञ्चालन हुने सबै २३ वटै खेलका उत्कृष्ठ हुने खेलाडीले दुर्लभ फोटो उपहार पाउने भएका छन् ।

मातातीर्थ क्षेत्रमा पहिलोपटक आयोजना भएको गोल्डकप प्रतियोगितामा अब्बल खेल काैशल देखाउने खेलाडीले सन् १९५९ (वि.सं.२०१६)  सालमा खिचिएको मातातीर्थ औंशी मेलाको ऐतिहासिक तस्बिर प्राप्त गर्दैछन् ।

चन्द्रागिरि नगरपालिका- ७ स्थित फोटो म्युजियम नेपालले संकलन गरेको सो तस्बिर मातातीर्थ गोल्ड कपको प्लयेर अफ द म्याचका रूपमा दिने निर्णय भएको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिनुभयो । अध्यक्ष उदासले यस खालको नयाँ सोँचले खेलाडीहरूमा थप उत्साह थपिने विश्वास व्यक्त गर्नुभयो ।

फोटो म्युजियम नेपालले चन्द्रागिरि नगरका लगायत देशका विभिन्न क्षेत्रमा खिचिएका ऐतिहासिक दस्तावेज एवं तस्बिरहरूको संकलन तथा प्रदर्शनी गर्दै आएको छ । फोटो म्युजियम नेपालका निर्देशक जीवन नेपालले स्थानीय रूपमा आयोजना भएको फुटबल प्रतियोगितामा सम्बन्धित क्षेत्रकै तस्बिर उपहार दिन पाउँदा खुसी लागेको बताउँदै भोलिका दिनमा पनि यस खालका प्रतियोगितामा सक्रिय सहयोग रहने प्रतिक्रिया दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *