प्रथम मातातीर्थ गोल्डकपकाे चाैथाे दिन आज तीन खेल हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०६ मातातीर्थस्थित फुटबल मैदानमा जारी प्रथम मातातीर्थ गोल्डकपको चाैथाे दिन बिहीबार तीन खेल हुनेछन् ।

दिनको पहिलो खेलमा बिहान १० बजे स्वतन्त्र उपकार युवा क्लबले वीआर ब्रदर्श फुटबल क्लबको सामना गर्दा दिउँसो १ बजे दिपशिखा युवा क्लबले काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटकाे चुनाैती सामना गर्ने खेल तालिका रहेको छ । त्यस्तै, अपरान्ह ४ बजे डी आर एफ सी तथा स्टार ११ एफसी बीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *