लाल मोहम्मदको हत्या प्रहरण, हत्यारा सोहि दिन थानकोट नाका हुँदै बाहिरिए !

Thankot Times

थानकोट । 

सर्लाही हरिवनका लाल मोहम्मदको हत्यामा संलग्न आरोपीहरू भारत भागेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । सोमबार साँझ काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिरनजिक मोहम्मदमाथि अज्ञात समूहले चार राउण्ड गोली प्रहार गरेको थियो । 

तीनवटा गोली लागेका मोहम्मदको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार राति नै मृत्यु भएको थियो । मोहम्मदको हत्याको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तर, प्रहरी अभियुक्तसम्म पुग्नुअघि नै उनीहरू नेपाल-भारत सीमा पर्साको रक्सौल नाकाबाट भारत छिरेको अनुसन्धानबाट खुलेको छ । मोहम्मदको हत्या अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीका अनुसार मोहम्मदको हत्यामा तीन जना भारतीय नागरिकको संलग्नता देखिएको छ । 

उनीहरू मंगलबार दिउँसो ११ बजे वीरगञ्ज नाकाबाट भारत भागेको खुलेको ती अधिकारीले दाबी गरेको शिलापत्र अनलाइनमा खबर छ । ‘हत्यामा तीन जना भारतीय नागरिकको संलग्नता देखिन्छ । उनीहरू गोली प्रहारलगत्तै थानकोट हुँदै धादिङ र मंगलबार ११ बजे रक्सौल नाका पार गरेको देखिएको छ,’ ती अधिकारीले भने । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *