मातातीर्थ गोल्डकपमा स्वतन्त्र उपकार माथि वीआर ब्रदर्शको सहज जित

Thankot Times

चन्द्रागिरि नगरपालिका ०६ बालागाउँस्थित मातातीर्थ खेलमैदानमा जारी प्रथम मातातीर्थ गोल्डकप फुटबल अन्तर्गत चाैथो दिनको पहिलो खेलमा ‘सी’ डिभिजन राष्ट्रिय लिगको छनोटका लागि तयार भएको वीआर ब्रदर्श क्लबले सहज जित हात पारेको छ ।
स्वतन्त्र उपकार युवा क्लबमाथि वीआर ब्रदर्श क्लबले ३-० को जित निकाल्दा श्री माम्बा ले २ तथा कब्बु काङ्दावाङ्बाले १ गोल गरे ।
स्वतन्त्र उपकारकार विदेशी खेलाडी अब्दुल्हा खेलको अतिरिक्त समयमा दोहोरो पहेंलो कार्ड पाउँदै बाहिरिएका थिए ।

वीआर ब्रदर्श क्लब अनिष महर्जन फोटो म्युजियम नेपाल प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत अहिले दिपशिखा युवा क्लबले काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटबीच प्रतिस्पर्धा भइरहेको छ।

थानकोट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *