मातातीर्थ गोल्डकपः सडेन डेथमा दिपशिखा युवा समुह ५-४ ले स्तब्ध
थानकोट ।
प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत बिहीबार सम्पन्न दोश्रो खेलमा काठमाण्डाै कलेज अफ सेन्ट्रल स्टेट विजयी भएको छ ।
निर्धारित समयमा खेल बिना कुनै गोल सकिएपछि पेनाल्टी सूट आउटमा खेलको नतिजा निकालिएको थियो ।
पेनाल्टी सूट आउटमा काठमाण्डाै कलेज अफ सेन्ट्रल स्टेट ५-४ ले विजयी भयो । खेलमा दिपशिखाका साहिल अधिकारीले पहेँलो कार्ड पाए ।
काठमाण्डाै कलेज अफ सेन्ट्रल स्टेटका अभिमत तामाङले फोटो म्युजियम नेपाल प्लेयर अफ दि म्याच चुनिँदै मातातीर्थ कुण्डको ६३ वर्ष पुरानो तस्बिर उपहार पाए ।
अपरान्ह ४ बजे डी आर एफ सी तथा स्टार ११ एफसी बीच खेल हुनेछ ।













