प्रथम मातातीर्थ गोल्डकपः डीआर एफसी अन्तिम १२ मा

Thankot Times

थानकोट ।

प्रथम मातातीर्थ गोल्डकप फुटबल अन्तर्गत बिहीबार सम्पन्न तेश्रो खेलमा डी आर एफसी विजयी भएको छ ।

चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थस्थित फुटबल मैदानमा सम्पन्न खेलमा स्टार ११ एफ सीविरूद्ध इसान बस्नेतले खेलको २१ औं मिनेटमा गरेको गोल डी आर एफसी  क्लबलाई अघिल्लो चरण पुर्याउन पर्याप्त रह्यो ।

खेलमा डी आरका अजय ओझा र आयुष खड्गले पहेंलो कार्ड पाए । प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो चरणका अन्तिम २ खेल हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *