असोज १६ गतेसम्म चारपांग्रे सवारी साधनलाई न्युरोड प्रवेशमा रोक
थानकोट ।
आजबाट काठमाण्डाैको नयाँ सडकमा चारपांग्रे सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वको समयमा हुने चाप घटाउन न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो ।
न्यूरोड क्षेत्रमा यात्रुबाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । यो व्यवस्था असोज १६ गतेसम्म कायम रहने कार्यालयले जनाएको छ ।
असोज १६ गतेसम्म बिहान १० बजेदेखि साँझसम्म सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।
सवारी चाप कम गरी दुर्घटना न्यनीकरण गर्न यस्तो व्यवस्था गरिएको भन्दै ट्राफिक कार्यालयले तोकिएकै ठाउँमा पार्किङ गर्न आग्रह गरेको छ ।












