मातातीर्थमा विद्युतकाे टावरमा अरिंगालकाे गाेलाे, अंरिगाल पाेल्ने मान्छे नभेट्दा समस्या
थानकोट ।
अरिंगालको गोलोका कारण मातातीर्थ-हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको छ ।
मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिंगालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मूख्य ठाउँ) जडान गर्न नसकिएको काठमाण्डौ ग्रिडका प्रमुख विनोद लोहनीले जानकारी दिनुभयो ।
अरिंगाल पोल्नको लागि उहाँले मान्छेको समेत खोजी गर्नुभएको छ । अहिलेसम्म धेरैजना सम्पर्कमा आए पनि टावर अग्लो भएको कारण पोल्न नसकिने बताएको उहाँले बताउनुभयो ।
‘धेरैले सम्पर्क गरे पनि सकिन्न भन्दै फर्किए, अहिले २ जना सम्पर्कमा आएर रातिको समयमा पोल्ने भनेका छन्, आशा छ राति अरिंगाल पोलेर भोलि बिहान तार जडानको काम सुरु हुन्छ होला ।’ लोहनीले भन्नुभयो ।












