प्रथम मातातीर्थ गोल्डकपः आइतबार सम्पन्न दुई खेलमा भयो १६ गोल (फोटो फिचर)
थानकोट ।
प्रथम मातातीर्थ गोल्डकप फुटबलमा आइतबार भएका दुवै खेलमा गोलको वर्षा भएको छ ।
वर्षाले प्रभावित मातृभूमी युथ क्लब र लोरेन फुटबल क्लबबीचको खेलमा मातृभूमीले ७-१ को जित हात पार्यो । उसका लागि संजोक महर्जन एक्लैले पाँच गोल गरेका थिए ।
त्यस्तै दोश्रो खेलमा वी आर ब्रदर्शमाथि सोल्टी नेपाल फुटबल क्बले ६-२ अन्तरको जित हात पार्यो । सोल्टी नेपालका लागि संजिप विष्टले ह्याट्रिक गर्दा राज शाही, प्रकाश थापा र विजय लामाले समान १-१ गोल गरे ।
पराजीत वी आर ब्रदर्शका लागि कब्बु काङ्दावाङ्वा र करण लामाले समान १-१ गोल गरे ।
चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा सञ्चालित प्रतियोगिताको दोश्रो चरण अन्तर्गत सोमबार २ खेल सञ्चालन हुने बताइएको छ ।













