नैकाप गोल्डकपको पाँचाै संस्करण आजबाट, २४ टोलीको सहभागिता

Thankot Times

थानकोट ।

पश्चिम काठमाण्डाैको प्रतिष्ठित फुटबल प्रतियोगिता नैकाप गोल्डकपको पाँचाै संस्करण आजबाट सुरू हुँदैछ । २४ टोलीले सहभागिता जनाउने यस प्रतियोगिताको मध्यान्ह एक समारोहबीच चन्द्रागिरि १४ नैकापस्थित फुटबल मैदानमा उद्घाटनको कार्यक्रम राखिएको आयोजक चन्द्रागिरि स्पोर्टस् क्लबले जनाएको छ ।

पछिल्ला २ वर्ष कोरोना भाइरस महामारीका कारण सञ्चालन हुन नसकेको प्रतियोगिताको यस संस्करणमा पुरस्कार रकममा वृद्धि गरिएको आयोजक चन्द्रागिरि स्पोर्टस् क्लबका अध्यक्ष कृष्णहरि बस्नेतले जानकारी दिनुभयो । यसपटक गोल्डकप विजेताले नगद पाँच लाख रूपैयाँ तथा शिल्ड हात पार्नेछ ।

कार्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपविजेताको भागमा नगद २ लाख रूपैयाँ पर्दा अन्तिम चारमा पराजित दुई टिमले प्रोत्साहन रकम बापत प्रति टोली ५० हजार रूपैंया नगद पाउनेछन् । त्यस्तै, व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी, डिफेन्डर, गोलरक्षक, प्रशिक्षक र उच्च गोलकर्ताले जनही १५,००० रूपैयाँ नगद हात पार्नेछन्।

नैकाप गोल्डकपको यस संस्करणबाट चन्द्रागिरि नगर क्षेत्रको खेलकुद क्षेत्रमा अविस्मरणीय योगदान दिने मध्येबाट एक जना खेलाडीले चन्द्रागिरि स्पोर्ट्स अवार्डबाट सम्मानित हुने अवसर प्राप्त गर्नेछन् जसको पुरस्कार राशी नगद ५० हजार रूपैयाँ हुने बताइएको छ । दिउँसो १ बजे हुने प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन तारकेश्वर युथ क्लब र वेष्ट काठमाडौं एफसीबीच खेल हुनेछ ।

नैकाप गोल्डकपको खेल तालिका हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *