प्रथम मातातीर्थ गोल्डकपः गोर्खाली युथ क्लब तेश्रो चरणमा
थानकोट ।
प्रथम मातातीर्थ गोल्डकपको दोश्रो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा गोर्खाली युथ क्लब विजयी भएको छ ।
काठमाण्डाै कलेज अफ सेन्ट्रल स्टेटमाथि २-१ गोल अन्तरको जित हात पार्दै गोर्खाली युथ तेश्रो चरणका लागि छनोट हुन सफल रह्यो ।
गोर्खालीका लागि साैरभ लामा र सतिश दीक्षितले गोल गरे भने काठमाण्डाै कलेज अफ सेन्ट्रल स्टेटका लागि मनिष पुडासैनीले गोल गरे ।













