मातातीर्थ गोल्डकप: अन्तिम २ मिनेट सम्हालिन नसक्दा डीआरएफसी आउट, फारभिजन अन्तिम ४ मा

Thankot Times

थानकोट ।

प्रथम मातातीर्थ गोल्डकपको दोश्रो चरण अन्तर्गत सोमबार सम्पन्न खेलमा फारभीजन क्लब सडेन डेथमा विजयी भएको छ ।

वर्षाले प्रभावित डीआरएफसी र फारभीजनबीचको निर्धारित समयमा १-१ गोलमा सकिएपछि पेनाल्टी सुट आउटमा खेलको नतिजा निकालिएको थियो । जसमा फारभीजनले ४-२ गोल  अन्तरमा बाजी मार्यो, जितसँगै फारभीजन अन्तिम ४ को टिकट काट्न सफल रह्यो ।

यसअघि खेलको २३ औं मिनेटमा निशान्त बस्नेतको गोलमा अग्रता बनाएको डीआरएफसी खेल सकिन २ मिनेट बाँकी रहँदा फारभीजनका सन्दिल श्रेष्ठको गोलमा स्तब्ध हुँदा खेल बराबरीमा सकियो ।

प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *