प्रथम मातातीर्थ गोल्डकपः आज मातृभूमी र किसिपिडी तथा कुर्दन र सोल्टी नेपालबीच खेल हुँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा जारी प्रथम संस्करणको मातातीर्थ गोल्डकप अन्तर्गत मंगलबार तेश्रो चरणका अन्तर्गत दुई खेल हुँदैछन् ।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा मातृभूमी युथ क्लब र किसीपिडी युथ क्लबबीच खेल हुनेछ । त्यस्तै दिउँसो २ बजे हुने खेलमा कुर्दन युथ क्लब र सोल्टी नेपालबीच खेल हुनेछ ।
यसअघि सोमबार भएका खेलहरूमा विजयी हुँदै फारभीजन युवा क्लब र गोर्खाली युथ क्लब अन्तिम चारमा प्रवेश गरेका छन्।












