चाडपर्वका अवसरमा राप्रपाको शुभकामना आदान प्रदान कार्यक्रम

Thankot Times

थानकोट ।

चाडपर्व नजिकिएसँगै राजनीतिक दलहरूले शुभकामना आदानप्रदानका कार्यक्रमलाई तीव्रता दिएका छन् । उसो त यसपटक आमनिर्वाचन सम्मुखमा रहँदा शुभकामना आदानप्रदान कार्यक्रम चुनावी जोड घटाउका लागि छलफल गर्ने अर्को अवसर बनेको छ ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीले चन्द्रागिरि ११ सतुंगलमा शुभकामना आदानप्रदानका कार्यक्रम आयोजना गरेको छ । काठमाण्डाै क्षेत्र नंं १० प्रदेश ख को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पार्टीसम्बद्ध नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको राप्रपा स्रोतले जानकारी दियो ।

आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाले काठमाण्डाै क्षेत्र नंं १० को प्रतिनिधि सभाको प्रत्यक्षतर्फ बलराम थापाको नाम सिफारिस गरेको छ भने प्रदेश क तर्फ प्रत्यक्षमा उमेश सापकोटा र प्रदेश ख तर्फ प्रत्यक्षमा सूर्यबहादुर महर्जनको नाम सिफारिस  गरेको छ ।

राप्रपाले काठमाण्डाै क्षेत्र नंं १० तथा दुवै प्रदेश क्षेत्रबाट उम्मेदवार सिफारिस गर्यो


Leave a Reply

Your email address will not be published. Required fields are marked *