नागढुंगा नाकामा बसको डिक्कीबाट लागुपदार्थ बरामद, सहचालक पक्राउ

Thankot Times

थानकोट ।

नागढुङ्गा नाकाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

डाईजेपाम, फेनारगन र नुर्फिन एक/एक हजार थानसहित सर्लाहीको ईश्वरपुर नगरपालिका-४ बस्ने २६ वर्षीय हिमाल माझीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनी ना. ५ ख ६५९९ नम्बरको बसका सहचालक हुन् ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा बसको डिक्कीबाट लागूपदार्थ बरामद भएको थियो ।
सहचालक हिमालले नै उक्त लागूपदार्थ डिक्कीमा लुकाएर ल्याएको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *