सुनको भाउ बढ्यो, चाँदीको घट्यो
थानकोट ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ ।
मंगलबार प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको भाउ बढेर बुधबार प्रतितोला ९१ हजार ६०० रुपैयाँ पुगेको हो । जुन अघिल्लो दिनको तुलनामा २०० रुपैयाँले बढेको हो ।
त्यस्तै, यसअघि प्रतितोला ९० हजार ९०० रहेको तेजावी सुनको भाउ बुधबार बढेर ९१ हजार १०० रुपैयाँ कायम भएको छ । यता, चाँदीको भाउ पाँच रुपैयाँले घटेको महासंघले जनाएको छ । यसअघि प्रतितोला एक हजार १५० रुपैयाँ रहेको चाँदी आज एक हजार १४५ रुपैयाँमा कारोबार हुनेछ ।












