उपत्यकामा एकैदिन ३ हजार बढी सवारी चालकमाथि कारबाही

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १३८ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३२ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, रेड लाइटमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ जना र नम्बर प्लेट राम्रोसँग नराख्ने ३० जना चालक रहेका छन् ।

यस्तै, २ हजार ७६६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *