नैकाप गोल्डकपः साबिक उपविजेता ब्लु बेलको सहज जित
थानकोट ।
चन्द्रागिरि नगरपालिका नैकापमा जारी पाँचाै संस्करणको नैकाप गोल्डकपमा साबिक उपविजेता ब्लु बेल एफसी चन्द्रागिरि-२ ले सहज जित दर्ता गरेको छ ।
नैकाप फुटबल मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा ब्लु बेलले किटीनी भन्ज्याङ्ग युवा क्लबमाथि ३-१ को जित दर्ता गरेको हो ।
ब्लु बेलका लागि संजोग महर्जन र संजिव विष्टले पहिलो हाफमा समान एक गोल गरेका थिए भने किटिनी भन्ज्याङका लागि मान बहादुर दुराले एक गोल फर्काएका थिए ।
दोस्रो हाफमा किटिनी भन्ज्याड्ग केहि आक्रामक देखिएपनि सुरज ठकुरीले ब्लु बेलका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित पारे । ठकुरी
खेलको म्यान अफ दि म्याच चुनिए ।
अहिले समुह ए मा रहेका मातृभूमी युथ क्लब र ब्वाइज यूनियनबीच खेल हुनेछ ।
















