कामु प्रन्या को चन्द्रागिरि १५ स्थित निजी निवासमा सरकारी खर्चमा फूलका गमलादेखी सोफासम्म
थानकोट ।
अवकाशको संघारमा रहेका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आफ्नो निजी निवासको सिँगारपटारमा लाखौं रुपैयाँको सरकारी खर्च गरेको समाचार छ ।
चन्द्रागिरि १५ तीनथानास्थित निजी निवासमा कार्कीले सर्वोच्च अदालतको लाखौं रुपैयाँको सामान किनाएर खर्च गरेका हुन् ।
औपचारिकरूपमा असोज १५ गतेसम्म उनको कार्यकाल भए पनि अदालतबाट उनले बिदाइ लिइसकेका छन् ।
सर्वोच्च अदालत उच्च स्रोतबाट प्राप्त सूचना अनुसार कार्कीले सरकारी खर्चमा आफ्नो निजी निवासको रंगरोगनदेखि, झ्याल ढोका मर्मत गर्नुका साथै महंगो फर्निचरका सेट भित्र्याएका छन् लोकान्तर अनलाइनमा खबर छ ।















