प्रथम मातातीर्थ गोल्डकपः बिहीबार पहिलो सेमिफाइनल खेल हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थ बालागाउँमा जारी प्रथम मातातीर्थ गोल्डकपको सेमिफाइनल खेलहरू बिहीबारबाट सुरू हुँदैछन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा गोर्खाली युथ क्लब र किसिपिडी युथ क्लबबीच हुनेछ ।
त्यस्तै दोश्रो सेमिफाइनलमा शुक्रबार कुर्दन युथ क्लब र फारभीजन भिड्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने टोलीले शनिबार बिहान तेश्रो स्थानका लागि खेल्ने तालिका रहेको छ ।
प्रतियोगिताको फाइनल असोज १५ गते शनिबार दिउँसो ३ बजे हुने आयोजक मातातीर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ ।












