चन्द्रागिरि नगरपालिकाको प्रवक्तामा कृष्णप्रसाद खड्गी
थानकोट ।
चन्द्रागिरि नगरपालिकाको प्रवक्तामा कृष्णप्रसाद खड्गी चयन हुनुभएको छ ।
बुधबार बसेको चन्द्रागिरि नगर कार्यपालिकाको बैठकबाट खड्गी नगर प्रवक्तामा सर्वम्मत चयन हुनुभएको बताइएको छ । उहाँ चन्द्रागिरि नगरपालिका वडा नंं ४ थानकोटको वडाध्यक्ष हुनुहुन्छ ।
नगर प्रमुख घनश्याम गिरीले प्रवक्ता खड्गी प्रवक्तामा सर्वसम्मत भएकाे जानकारी दिनुभयो ।
वि.संं २०७४ को स्थानीय तह निर्वाचनपछि चन्द्रागिरि ११ का वडाध्यक्ष हरिभक्त महर्जन चन्द्रागिरि नगरपालिकाको प्रवक्ता बन्नुभएको थियो ।
यो पनि पढ्नुहोस्












