मातातीर्थ गोल्डकपः पहिलो सेमिफाइनलमा आज गोर्खाली युथ क्लब र किसिपिडी युथ क्लब भिड्दै
थानकोट ।
चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा जारी प्रथम संस्करणको मातातीर्थ गोल्डकप प्रतियोगितामा आजबाट सेमिफाइनल खेलहरू सञ्चालन हुने भएका छन् ।
आज दिनको २ बजे गोर्खाली युथ क्लब र किसिपिडी युथ क्लबबीच प्रतियोगिताको पहिलो सेमिफाइनल खेल हुने बताइएको छ । काठमाण्डाै कलेज अफ सेन्ट्रल स्टेटमाथि २-१ गोल अन्तरको जित हात पार्दै गोर्खाली युथले सेमिफाइनलमा सिट सुरक्षित गरेको थियो। त्यस्तै किसिपिडी युवा क्लबले सडेन डेथमा मातृभूमी युवा क्लबमाथि जित दर्ता गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो
आयोजक मातातीर्थ संरक्षण तथा विकास संस्थाका अनुसार शुक्रबार दोश्रो सेमिफाइनलमा कुर्दन युथ क्लब र फारभीजन युवा क्लब भिड्नेछन् ।












