काठमाडौं-धादिङ रुटका बस नचल्दा यात्रु अलपत्र, यस्तो छ बस नचल्नुको कारण

Thankot Times

थानकोट ।

यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङसम्म जाने बस चलाएका छैनन् । दशैंका बेला बस नचलाउँदा यात्रुहरु अलपत्र परेका छन् ।

गन्तव्यमा जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको धादिङ बसपार्कमा घुइँचो छ ।

त्यहाँ प्रहरीहरु पनि उल्लेख्य संख्यामा खटाइएको छ ।

बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङ जाने बस नचलाएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *