गठबन्धनको सहमतिमा फेरबदल, काठमाण्डाै ९ माओवादीको भागमा !

Thankot Times

थानकोट ।

आसन्न प्रदेश र प्रतिनिध सभा सदस्य निर्वाचनमा कुन दलले कहाँ उम्मेदवार खडा गर्ने भन्ने विषयमा सत्तारूढ गठबन्धनमा किचलो कायमै छ । हरेक दिन जसो सहमतिका लागि बैठक बसेको बताइएपनि कहाँ कुन दलले टिकट पाउने भन्ने अझै निर्क्याैल भएको छैन् ।

केहि दिन अघि प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ काठमाण्डाै ९ र १० नेपाली काँग्रेसले पाउने बताइएकोमा बिहीबार बिहानको अपडेट अनुसार काठमाण्डाै ९ माओवादी केन्द्रले पाउने विवरण सार्वजनिक भएका छन् । त्यस्तै, माओवादी केन्द्रले उम्मेदवार उठाउन पाउने भनिएका निर्वाचन क्षेत्रहरूमा झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १, बर्दिया २, नवलपरासी पश्चिम १, जुम्ला, कालीकोट, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, अछाम १, कैलाली २ र ३ बैतडी, कञ्चनपुर १  रहको नेकपा माओवादी स्रोतले बतायो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *