प्रथम मातातीर्थ गोल्डकपः गोर्खाली युथलाई पराजित गर्दै किसिपिडी फाइनलमा

Thankot Times

थानकोट ।

किसिपिडी युथ क्लब प्रथम मातातीर्थ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार चन्द्रागिरि नगरपालिका ०६ मातातीर्थ बालागाउँस्थित खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलमा गोर्खाली युथ क्लबलाई २-० गोलले पराजित गर्दै किसिपिडी उपाधी नजिक पुगेको हो ।

किसिपिडीलाई उपाधी नजिक पुर्याउने क्रममा मनिकुमार लामा र सन्तोष श्रेष्ठले समान एक एक गोल गरेका थिए । अब उपाधीका लागि किसिपिडीले शुक्रबार हुने दोश्रो सेमिफाइनलको विजेतासँग शनिबार आमुनेसामुने हुनेछ ।

शुक्रबार गोल्डकपको दोश्रो सेमिफाइनलमा कुर्दन युवा क्लब र फारभीजन युथ क्लब बीच दिनको २ बजे खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *