नागढुंगामा नाकामा ट्राफिक प्रहरीको यान्त्रिक परीक्षण, २२ सार्वजनिक सवारी होल्ड

Thankot Times

थानकोट ।

राजधानीबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीको अवस्थाबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ ।

प्राविधिकहरुको सहयोगमा बिहीबार ६३ वटा सवारीको अवस्था परीक्षण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डीआईजी मीरा चौधरीले बताइन् ।

यान्त्रिक परीक्षण गर्दा अवस्था ठिक नभएका २२ वटा सवारी साधनलाई ट्राफिकले नियन्त्रणमा लिएको छ । होल्ड गरिएका सवारीलाई यातायात व्यवस्था कार्यालयमा पठाइने डीआईजी चौधरीले जानकारी दिइन् । अवस्था ठिक भएपनि ट्राफिक नियम उल्लंघन गरेको आरोपमा १४ वटा सवारी साधनलाई प्रहरीले जरिवाना गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *