प्रथम मातातीर्थ गोल्डकपः फाइनल प्रवेशका लागि आज कुर्दन र फारभीजन युथ भिड्दै

Thankot Times

थानकोट । 

प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत दोश्रो सेमिफाइनलमा शुक्रबार कुर्दन युवा क्लब र फारभीजन युथ क्लब बीच खेल हुँदैछ । चन्द्रागिरि नगरपालिका ६ मातातीर्थ बालागाउँस्थित फुटबल मैदानमा दिउँसो २ बजे खेल हुनेछ । 

यसअघि बिहीबार सम्पन्न प्रतियोगिताको पहिलो सेमिफाइनलमा गोर्खाली युथ क्लबलाई २-० गोलले पराजित गर्दै किसिपिडी युवा क्लब फाइनल प्रवेश गरेको छ।

पहिलो सेमिफाइनलमा पराजित गोर्खाली युथले तेश्रो स्थानका लागि हुने खेलमा शनिबार बिहान १० बजे शुक्रबार हुने खेलको पराजित टोलीसँग खेल्नेछ ।

प्रतियोगिताको फाइनल शनिबार नै दिनको २ बजे हुनेछ, विजेताले नगद २ लाख रूपैयाँ हात पार्नेछ ।

प्रथम मातातीर्थ गोल्डकपः गोर्खाली युथलाई पराजित गर्दै किसिपिडी फाइनलमा


Leave a Reply

Your email address will not be published. Required fields are marked *