टी-२० विश्वकप विजेताले १.६ मिलियन डलर पुरस्कार पाउने
थानकोट ।
अष्ट्रेलियामा अक्टोबर-नोभेम्बर महिनामा आयोजना हुनेआईसीसी टी-२० क्रिकेट विश्वकप २०२२ को विजेताले १.६ मिलियन (१६ लाख) अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबा अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि विजेतासहित अन्य टिमले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसमा विजेताले १.६ मिलियन पाउनेछन् ।
यस्तै उपविजेताले विजेताले पाउने भन्दा आधा अर्थात ८ लाख अमेरिकी डलर पाउनेछन् । सेमिफाइनल पुग्ने दुवै टोलीले ४-४ लाख अमेरिकी डलर पाउनेछन् ।
टी-२० विश्वकपको कुल पुरस्कार राशी ५.६ मिलियन (५६ लाख) अमेरिकी डलर रहेको छ ।
















