आस्वा निःशुल्क गर्ने बैंकको संख्या ६ पुग्यो, कुन–कुनबाट आइपीओ भर्दा लाग्दैन शुल्क ?
थानकोट ।
नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ ।
यससँगै सी-आस्वा सेवा निःशुल्क प्रदान गर्ने वाणिज्य बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी-आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यसअघि लगानीकर्ताहरुले आइपीओ भरेबापत विभिन्न बैंकहरुलाई १० देखी १०० रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए । बोर्डले अधिकतम सीमा ५ रुपैयाँ तोकेसँगै बैंकहरुले शुल्क घटाउन थालेका छन् भने कतिपयले निःशुल्क गर्न थालेका छन् ।
हालै सानिमा बैंकले पनि सी-आस्वा निःशुल्क गर्ने घोषणा गरेको थियो । यसरी ६ वटा बैंकहरुले निःशुल्क सेवा उपलब्ध गराउँदा लागनीकर्तालाई केही राहत भने भएको छ ।












