सुनको मोल सस्तिने क्रम जारी

Thankot Times

थानकोट ।

नेपाली बजारमा बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा आईपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ४३ रुपैयाँ कायम गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *