असोजदेखि सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने, शुक्रबार कारोबार बन्द
थानकोट ।
असोज महिनादेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ
आइतबार बसेको नेप्से सञ्चालक समितिको बैंठकले सातामा ५ दिन मात्रै सेयर बजार सञ्चालन हुने र शुक्रबार हुँदै आएको कारोबार रोक्ने निर्णय गरेको बताइएको छ ।
सरकारले २०७९ जेठबाट शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठभर शुक्रबार नेप्सेमा पुरै समय सेयर कारोबार भएको थियो । तर, असार लागेसँगै सरकारले आइतबारको बिदा हटाएसँगै नेप्सेमा आइतबार पुरै समय र शुक्रबार पनि २ घण्टा कारोबार गर्ने निर्णय गर्दै सोही अनुसार कार्यन्वयनमा गर्यो । तर, तीन महिना नपुग्दै शुक्रबार सेयर कारोबार गर्ने निर्णयबाट नेप्से पछि हटेको छ ।












