राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागको घोषणा

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग गर्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन भन्ने आफ्नो दलको धारणा रहेको बताए ।

आउने संसदमा आफ्नो दलको प्रभावकारी उपस्थितिका लागि देशभर हिड्नुपर्छ भनेर आउन छाडेको उनले सुनाए । तर पछिल्लो समय सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताए ।

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘अबबाट यहाँ उपस्थित हुनेछैन् । मेरो नाममा पठाइने तलब भत्ता सुबिधा रोक्का गरियोस् । कहीँ कतै लेखेर दिनुपर्छ भनेर लेखे दिन पनि तयार छु ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *