मनकामना केबलकार भदाै २५ देखि संचालनमा आउने

Thankot Times

थानकोट ।

चितवनस्थित मनकामना केबलकार यहि भदौ २५ गतेदेखि पुनःसञ्चालनमा आउने भएको छ।

नेपालकै पहिलो केबलकार सेवाको स्तरोन्नतिका लागि कम्पनीले श्रावण २३ गतेबाट सेवा बन्द गरेको थियो।

केबलकारका संचालक राजेशबाबु श्रेष्ठले निर्धारित तालिकाको एक साता अघि नै स्तरोन्नतिको काम सकिएको बताउनुहुँदै सबै टावरको टेस्टिङ र कमिसनिङको सकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार केबलकारका सबै गोन्डोलाको ग्रीप फेर्ने र चार वटा टावरको पार्ट्स फेर्ने काम सम्पन्न भएको छ।

कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नतिको लागि मर्मतको काम गरिरहेको हो ।

भदाै २५ गतेबाट सेवा सुचारू हुँदा केबलकारको भवन, टावर, गोन्डोला, बुलह्विल लगायत उपकरण भने साबिककै रहनेछन्। मनकामना केबलकार हुँदै वर्षेनी लाखाैं यात्रुहरू मनकामना मन्दिर क्षेत्रमा पुग्ने गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *